तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु
September 24, 2018
राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध
September 24, 2018

आजबाट कुमारीको रथयात्रा

काठमाडौँ, असोज ८ गते । इन्द्रजात्राको आकर्षण श्रीकुमारी रथयात्रा सोमवार हुँदैछ । गुठी संस्थान काठमाडौँ शाखा प्रमुख बैकुण्ठ रेग्मीका अनुसार दिउँसो ४ बजे श्रीकुमारीलाई रथारोहण गरेर ४ः३० बजे जैशिदेवलबाट लगनटोलतर्फ पहिलो रथयात्रा चलाइने छ ।
यस पटक मञ्जुश्री नकमहाविहार (ओमवहाल) सँग आवद्ध सुश्री तृष्णा शाक्य पहिलोपटक रथयात्रामा सरिक हुनु हुँदैछ । रथयात्रा स्थलमा मजिपाटको लाखे, हल्चोकको भैरव, किलागलको पुलुकिसी, भक्तपुरको महाकाली र रामचन्द्र नाच, किलागलकै महालक्ष्मी नाच पनि यसैदिन आगन्तुक समक्ष प्रस्तुत हुन्छ ।
काममा खटिनु भएका सुरेन्द्र अमात्यका अनुसार रथ यात्रामा रथ तान्न बल आओस् भनेर गुठी संस्थानले कुमारीघरमा ४७ धार्नी राँगाको मासु र एक सय बोरा ताइचिन चिउराको भतेर लगाएको थियो । पाँचसय भन्दा बढी गुठियार, रैरकमी र जात्रामा सहभागी हुनुपर्ने कामदारले यो भतेर खाएका जनाइएको छ ।
धनभाजु महर्जनको गुठीबाट सोही अनुपातमा जाँड पनि खुवाइएको छ । काममा खटिनु भएका सुरेन्द्र अमात्यका अनुसार बलम् भोज भनिने यो भतेर खाएपछि रकमीहरू जात्राको उन्मादमा हुन्छन् ।साभार गोर्खापत्र बाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *