४० हजारप्रति स्मार्ट लाइसेन्स छपाइ
November 6, 2018
वैदेशिक रोजगारी बारे वेबसाइट बनाइने
November 6, 2018

ग्राहक नै छिर्दैनन् सहुलियत दरका पसलमा

काठमाडौँ, कात्तिक २१ गते । आमनागरिकलाई चाडपर्वमा सस्तो सामान उपलब्ध गराउने उद्देश्यका साथ शुरू गरिएका सहुलियत पसलमा खासै चहलपहल दैखिँदैन । सरकारले उपत्यकामा विभिन्न आठसहित देशका ४७ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको भए पनि आमउपभोक्ताको पायक पर्ने ठाउँमा नभएकाले उपभोक्ताको चहलपहल नभएको हो ।
सरकारले आमउपभोक्तलाई चाडपर्वमा सस्तोमा अत्यावश्यक खाद्यान्न बिक्री गर्ने उद्देश्यसहित गएको असोज १२ गते तामधामका साथ खोलिएका सहुलियत मूल्य पसलमा आमउपभोक्ताको पहुँच नै छैन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले उद्घाटन गरेको पसलमा ग्राहक नै छिर्दैनन् ।
सरकारको अनुदान लिएर सरकारी स्वामित्वका खाद्य संस्थान, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले संयुक्त र आ–आफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गरिएका छन् तर उपभोक्ता हुनुपथ्र्यो त्यो नभएर ती संस्थानका कर्मचारी समेत निराश छन् । बिक्री कक्षमा बसेका ती संस्थानका प्रतिनिधि कर्मचारीहरूको अनुभवमा सहुलियत पसलमा किन्नेभन्दा भाउ बुभ्mनेको सङ्ख्या बढी रहेको छ । उहाँहरू भन्नुहुन्छ, बजार भाउभन्दा सस्तो मूल्यमा सामान दिँदा पनि उभोक्ताको आकर्षण छैन, अचम्म लाग्छ ।
सोही ठाउँमा सामानको भाउ बुभ्mदै गर्नुभएकी बुद्धनगर निवासी अमृता अधिकारीले सरकारको सहुलियत पसल प्रचार मात्रै ठूलो भएको प्रतिक्रिया दिनुभयो ।
चिनी, दाल चामाल, तेललगायतका सामान लिन आउनुभएकी उहाँले भन्नुभयो, सहुलियत पसलमा चिनी प्रतिकेजीमा पाँच रुपियाँ छुट भनेर प्रचार गरिएको छ तर चिनी नै छैन, चामल पनि चित्त बुभ्mदो छैन, उल्टै आउँदा जाँदा भाडा र समय बर्वाद भो ।
सहुलियत पसलमा छुटको चिनी र घिउ किन्न कुपन्डोलबाट सिंहदरबारस्थित नेसनल टे«डिङमा आइपुग्नुभएका कृष्णबहादुर क्षेत्रीले पसलमा चिनी नपाएपछि आक्रोशित हुँदै भन्नुभयो, छुट दिन्छौँ भन्ने अनि सामान नराख्ने, जनतालाई झुक्याएको, यो के नाटक हो सरकारको ? सहुलियत पसलमा भएको घिउसमेत किन्दै नकिनी फर्किंदै गर्नुभएका क्षेत्रीले सहुलियत पसलमार्फत छुटको प्रचार गरी झुटको खेती गरेर जनताको आँखामा धूलो हाल्ने काम बन्द गर्न चेतावनी दिनुभयो ।
यस्तै, पाटन ढोका विनोद श्रेष्ठले सरकारको सहुलियत पसलमा नुन, चामललगायतका सामान नजिकको किराना पसलभन्दा केही सस्तो भए पनि दाल, तेल, मसलाजन्य वस्तु भने महँगो भएको अनुभव सुनाउनुभयो । सरकारले सहुलियतमा खाद्यान्न बिक्री गरेको छ भनेर आएको झन महँगो रहेछ, उहाँले भन्नुभयो, नुन र चामल मात्रै सस्तो दिने अरू गेडागुडी, दाल, तेललगायतका सामान महँगो लिइन्छ भने यस्तो पसलमा सस्तो भनेर किन यहाँ धाउनु ? घरछेउमै पाउँछ नि ।
सरकारले दिएको सहुलियत थोरै छ तर खाद्यान्न लिन भने गाडी चढेर सिंहदरबार धाउनुपर्छ, पायक पर्ने ठाउँमा सस्तो पसल नहँुदा खाद्यान्न किन्न सवारीसाधन हुनुपर्ने वा ट्याक्सी नै लिएर आउनुपर्ने बाध्यताले खासै व्यापार नभएको संस्थानका कर्मचारी बताउँछन् ।
खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले सरकारले सञ्चालन गरेका सहुलियत पसल जनतालाई झुक्याउने चाल मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, चाडपर्वमा बढी हुने खपतमा चिनी सरकारको सहुलियत पसलमा पाइँदैनन, बरू हामीले जनतालाई प्रतिकेजी ७० रुपियाँमा खुवाएका छौँ, यस्ता सरकारबाट जनताले के आश गर्नु र ।
साना व्यापारीलाई महँगो लिए भनेर अनुगमन गरेर कारबाहीको धम्की देखाउने सरकारले सहुलियतमा दिने भनेर प्रचारबाजी गरेका पसलबाट कहिले चिनी बिक्री गर्ने दशैँ गयो र तिहार पनि जान लाग्यो त अध्यक्ष श्रेष्ठले प्रश्न गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले सहुलियत पसलमा चिनी नपाए पनि अन्य सामान धेरै सस्तो भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ती ठाउँमा आउन पायक नपर्ने उपभोक्तालाई ध्यानमा राखेर साल्टट्रेडिङ कर्पाेरेसनले तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न चोक, गल्लीमा सहुलियत पसलकै दरभाउमा सामान उपलब्ध गराएको छ ।साभार गोर्खापत्र बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *