गत सालको तुलनामा इलाममा सुन्तलाको उत्पादनमा वृद्धि
December 28, 2017
सिटीको विजयी यात्रा कायमै
December 28, 2017

घुस लिंदा लिंदै पक्राउ परेका नायब सुब्बा पौडेल सहीत ३ जना विभागमा तानिए , ८० हजार सम्म लिएर नक्कली लाइसेन्स वनाएको खुलासा

काठमाडौं । केही दिन अघि घुस लिंदा लिंदै पक्राउ परेका यातायात व्यवस्था विभाग सुकेधाराको लाइसेन्स कार्यालयका नायब सुब्बा यादव पौडेल सहित ३ कर्मचारीलाई विभागमा तानिएका छन् । कार्यालय प्रमुख सुन्दरप्रसाद भट्टराई र शाखा अधिकृत यमलाल ढकाल विभागमा तानिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभागमा तानेर उनीहरुमाथि थप अनुसनधन गर्न अख्तियार दुरुपोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णय भएको छ ।

विदेशी लाइसेन्स नेपालीकरणका नाममा चरम लापरवाही गर्दै आर्थिक अनियमिताता गरेको ठहर भएपछि उनीहरुलाई विभागमा तानेर अख्तियारमा अनुसन्धानका लागि सिफारिस गरिएको विभागले जनाएको छ ।

कार्यालय स्थापना भएको ९ महिना नबित्दै त्यहाँका कार्यालय प्रमुख भट्टराईको संलग्नतामा २६ सय विदेशी लाइसेन्सको नेपालीकरण गरिएको छ ।

अन्य कार्यालयले वर्षमा मुस्किलले २ सय लाइसेन्स नेपालीकरण गरिरहेको अवस्थामा सुकेधारामा ९ महिनामै २६ सय वटा लाइसेन्स नेपालीकरण गरेको छ ।

नेपालीकरण गरिएका ५ सय वटा लाइसेन्सको कागजात जाँच गर्दा प्रायः सबै फर्जी कागजात खडा गरिएको भेटिएको विभागले जनाएको छ । उनीहरुले वर्गअनुसार ३० देखि ८० हजार रुपैयाँसम्म लिएर नक्कली कागजात खडा गरी लाइसेन्स जारी गरेको गुनासो आएको विभाग स्रोतले बतायो ।

विभागले गरेको अनुसन्धानले विदेशी लाइसेन्सको जस्तै देखिने प्रतिलिपि काठमाडौंका विभिन्न प्रेशमा छाप्ने गरेको देखाएको छ । त्यसैका आधारमा विदेशी दूतावासको फर्जी सिफारिसहरु राख्ने गरेको भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *