सत्तारुढ कांग्रेसका सांसदले मागे गृहमन्त्रीको राजीनामा
October 10, 2017

ढुकेर गोली हानिएको थियो निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनमाथि

आश्विन २४, २०७४-सोमबार दिउँसो बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । करिब ३ सय मिटर अघि बढेपछि उनको गाडीमा अचानक कसैले इँट्टा प्रहार गर्‍यो । गाडीको अगाडिको सिसामा प्वाल पर्‍यो । चालकले गाडीको गति कम गरेका मात्र के थिए, अन्दाजी ३०/३५ वर्षका युवाले रिभल्वरबाट गोली हानिहाले । गौचनको छाती र पेटमा तीन गोली लाग्यो र रगत बग्दाबग्दै उनी अचेत भए । एकैछिनमा गौचनलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याइयो । अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरहरूले गौचनको मृत्यु भइसकेको घोषणा गरे ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अपराधीहरू लामो समयदेखि गौचन घरबाहिर निस्कने समय कुरेर बसेका थिए । घुमाउरो र सानो मोडमा गाडीको गति सुस्त हुने र त्यही बेला गोली प्रहार गर्न सकिने योजना उनीहरूले कार्यान्वयन गरेको देखियो । सोमबार साँझसम्म पनि प्रहरीले मोटरसाइकलको नम्बर र कस्तो मोटरसाइकल प्रयोग भएको थियो भन्ने पत्ता लगाउन सकेको छैन ।

प्रहरीले गोली कुनै आपराधिक समूहले चन्दाको निहुँमा हानेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दका अनुसार आपराधिक समूहका व्यक्तिले पैसाको बार्गेनिङ गरेको र नपाएपछि हत्या गरेको हुन सक्ने बताए । घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै उनले कारण यकिन भइनसकेको बताए ।

एआईजी चन्दले गुन्डा नाइके ‘रमेश बाहुन’ भनिने सुजन पौडेलको समूहका केही सदस्यले चन्दाकै निहुँमा केही दिनअघि गौचनलाई थप्पड हानेको सूचना आएको बताए । उनले भने, ‘सोही समूहको संलग्नता हो या होइन अनुसन्धान हुँदै छ ।’ रमेश बाहुन अवैध रोडाढुंगाको कारोबार, ठेक्कापट्टा र अवैध असुली धन्दामा लामो समयदेखि सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *