केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने
November 22, 2018
‘प्रेमीको हत्या’पछि उनको मासुको भोज पाकिस्तानीलाई
November 22, 2018

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

काठमाडौँ, मङ्सिर ६ गते । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ ।

विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविध जानकारी कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन नम्बर ४६७२६३२ र ४२८४१६७ बाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *