यमपञ्चक सुरु आज काग तिहार
November 4, 2018
नवलपरासी बस दुर्घटनामा एघार घाइते
November 4, 2018

निकुञ्जभित्रका एक दर्जन ढोई गर्भवती

काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रिय निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ढोई गर्भवती भएका छन् । चितवनमा मात्र दुई वटा ढोईले बच्चा (छावा) जन्माइसकेका छन् भने सात वटा गर्भवती अवस्थामा छन् । त्यस्तै बर्दियामा दुई वटा ढोईले बच्चा जन्माउन साँझबिहान भएका छन् ।
कोशी टप्पु, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका ढोईले भने यस पटक बच्चा पाउने पत्तो छैन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार यस अघि दुइटा ढोईले छावा जन्माइसकेका र बाँकी सात वटा गर्भिणी अवस्थामा छन् । चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६० वटा हात्ती छन् ।
बर्दियामा रहेका १३ वटा हात्तीमध्ये दुईवटा हात्तीले यस पटक बच्चा जन्माउने भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारीका अनुसार निकुञ्जमा रहेका नौवटा पोथीमध्ये दुईवटा पोथीले बच्चा जन्माउने भएका छन् ।
उता शुक्लाफाँटामा सात वटा हात्तीको दरबन्दी रहेको र तीमध्ये पाँच वटा ढोई रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दीमा कुनै पनि ढोईमा गर्भ नबसेको बताइएको छ । बाँके राष्ट्रिय निकुञ्जमा दरबन्दी रहेका १० वटा हात्तीले पनि यस पटक बच्चा नजन्माउने भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार चितवनमा गर्भवती भएका सात वटा ढोईमध्ये केहीले त केही दिनभित्रै छावा जन्माउने लक्षण देखिएको छ । केहीको भने बच्चा जन्माउने समय पुगेको छैन ।
हात्तीले सामान्यतया २० देखि २२ महिनाको अवधिमा छावा जन्माउने गर्छ । एक महिना अघि चितवन राष्ट्रिय निकुञ्जमा गणेशकली नामक ढोईले भाले छावा जन्म दिएको छ भने पूजाकली नाम गरेको अर्काेले पोथी छावा जन्माएको छ ।
छावाको विधि पु¥याएर ११औँ दिनमा न्वारन गर्ने परम्परा रहेको छ । हात्तीलाई भगवान् गणेशका अवतारको रूपमा लिइने भएकाले मानिसको न्वारनको विधि पु¥याएझैँ न्वारन गरेर नामकरण गर्ने गरिन्छ । पोथी छावाको नाम पछाडि कली राखिने गरिन्छ भने भालेको नाम पछाडि गज राखिने प्रचलन छ ।
केही दिन अघि जन्मिएका छावाले हाल दूध मात्र खाने गरेका छन् । कम्तीमा तीन महिनाको अवधिपछि मात्र छावालाई खिर खुवाउने गरिन्छ भने छ महिना पछि छावाले घाँसपात खान सुरु गर्छ ।
चितवनमा हात्ती प्रजनन तथा तालिम केन्द्रको २०४२ सालमा स्थापना पछि ४७ छावाकÞो जन्म भइसकेको छ । जन्मेकामध्ये चार वटाको मृत्यु भएको छ भने हाल ४३ वटा सकुशल छन् । यहाँ जन्मिएका छावा अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षमा पाल्ने गरिएको छ ।साभार गोर्खापत्र बाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *