समबन्धविच्छेदका मुद्दामा पुरुष बढी
November 2, 2018
झारफुक गर्ने निहुँमा बलात्कार
November 3, 2018

नेकाको चियापान आज

ललितपुर, कात्तिक १६ गते । नेपाली काँग्रेसले दशैं, तिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा शुक्रबार जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह आयोजना गरिने जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सर्वसाधारणका साथै विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणापत्र पठाएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिनुभयो । काँग्रेसले विगत ४१ वर्षदेखि जलपान कार्यक्रम आयोजना गर्दै आएको छ ।
जननेता बी.पी. कोइराला भारत प्रवासबाट राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कनुभयो । उहाँले २०३५ सालदेखि राजनीतिक र सामाजिक सौहाद्र्धता कायम गर्ने उद्देश्यले कोजाग्रत पूर्णिमाका दिन जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने परम्परा सुरु गर्नुभएको हो ।सभार गोर्खापत्र बाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *