३७ किलो चरेससहित तीन पक्राउ
November 4, 2018
रंगशाला निर्माण सुस्त, आठौं राष्ट्रिय खेलकुद प्रभावित हुने आशंका
November 4, 2018

पर्यटकलाई अब अनेक गन्तव्य थप एक सय स्थान तय

काठमाडौँ, कात्तिक १८ गते । पर्यटकीय सम्भावनाका धेरै स्थान भए पनि नेपालको पर्यटन गतिविधि अझै पनि केही क्षेत्रमा मात्र सीमित छ । खासगरी काठमाडौँ–पोखरा–सौराहाको त्रिकोणात्मक पर्यटन गतिविधि भूकम्पपछि केही अन्य स्थानमा विस्तार भए पनि अझै धेरै ठाउँमा पर्यटकको पहुँच पुग्न सकेको छैन ।
स्थापित सगरमाथा, लुम्बिनी, अन्नपूर्ण, पदमार्ग, मनास्लु, पदमार्ग र लाङटाङ पदमार्गबाहेक पछिल्लो समय मुस्ताङ, मनाङ, रारा, खप्तड, कालिञ्चोकमा पर्यटकको चाप बढेको छ । समग्रमा यिनै करिब एक दर्जन स्थानमा सीमित छ नेपालको पर्यटन क्षेत्र । tour
सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा यिनै सीमित क्षेत्रको पर्यटकीय चहलपहललाई विस्तार गर्न देशैभरका ७७ जिल्लामा एक सयवटा थप नयाँ पर्यटकीय गन्तव्य विकासको काम अघि बढाएको छ । त्यति नै सङ्ख्यामा स्थापित गन्तव्यलाई प्रवद्र्धन गर्ने योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छ ।
मन्त्रालयले देशभरबाट सार्वजनिक सूचना आह्वान गरी सङ्कलन गरेका त्यस्ता नयाँ गन्तव्यको अन्तिम टुङ्गो पनि लगाइसकेको छ । त्यसो त चालू आर्थिक वर्षको बजेटमै पर्यटकीय स्थानको विविधीकरण गर्ने लक्ष्यसहित एक सय गन्तव्य पहिचान गर्ने कार्यक्रम राखेको थियो ।
मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालका अनुसार छनोट भएका ती नयाँ गन्तव्यका लागि चालू आवमै ५० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेट आवश्यकता अनुसार ती स्थानमा पूर्वाधार विकासमा प्रयोग हुने उहाँले जानकारी दिनुभयो । बजेटको खर्च गर्ने मोडालिटीको भने टुङ्गो लगाउन अझै बाँकी छ ।
यद्यपि नेपाल घुम्न चाहने पर्यटकका लागि नयाँ गन्तव्यको विकल्प भने तयार भएको छ । यस्ता गन्तव्यमा पूर्वाधार निर्माण पछि प्रवद्र्धनमा जोड दिने मन्त्रालयको योजना छ । मन्त्रालयले छनोट गरेका नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची प्रदेशअनुसार उल्लेख गरिएको छ ।

प्रदेशगत नयाँ पर्यटकीय स्थल
प्रदेश १
तिङ्बुङ पोखरी, गुरु फाल्गुनन्द सर्किट, फिकल–श्रीअन्तु सर्किट, तिनजुरे–मिल्के–जलजले, बालेश्वर गुफा, हलदे पटकेडाँडा टे«ल, ट्याम्के डाँडा, बराह पोखरी, पाँचपोखरी, थोलेदम्बा डाँडा, उदयपुरगढी, शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र, धनपालगढी पर्यटकीय क्षेत्र, पिन्डेश्वर दन्तकाली पदमार्ग ।

प्रदेश २
सहलेस दरबार क्षेत्र, नाडी ताल, धनेश्वर महादेव पर्यटन क्षेत्र, जलेश्वर मन्दिर, मरघर सिमसार, पतौरा महादेव क्षेत्र, सिम्रौनगढ, घडीअर्वा पोखरी, छिन्नमस्ता ।

प्रदेश ३
जिरी शैलुङ पदमार्ग, सिन्धुलीगढी, सुनकोसी ¥याफ्टिङ, महाभारत टे«ल, पाँचपोखरी, कल्चेडी–दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज टे«ल, स्काई टे«ल, रानीझरना क्यानोनिङ, बिस हजारी ताल, सोमेश्वर गढी, पटियानी पर्यटकीय क्षेत्र, मकवानपुर गढी, निलबाराही मन्दिर, दहचोक, नागदह क्षेत्र, गोदावरी फूलचोकी हाइकिङ ।

गन्डकी प्रदेश
चुमभ्याली, काउलेपानी, तनहुँ कालिका पार्क, सिद्धगुफा भिमाद, मौजा, सिक्लेश क्षेत्र, नार्फू टे«ल, लोमान्थाङ दरबार र गुफा क्षेत्र, दुर्लुङ क्यानेनिङ, केभीङ र होमस्टे, महाशीला, सतौ–चण्डीकालिका क्षेत्र, आलमदेवी, भकुन्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, दाउन्नेदेवी, घोरेपानी, रघुगङ्गा–आइसफ पदमार्ग ।

प्रदेश ५
रामग्राम, बाउन्नकोटी, वनवाटिका, सैनामैना पर्यटकीय क्षेत्र, जगदीशपुर ताल, सागरताल, तालपोखरा रम्भादेवी मन्दिर क्षेत्र, पाणिनी तमोभूमि, रसुङ्गा तपोभूमी, रुरु क्षेत्र, भगवती मन्दिर क्षेत्र, ढोरपाटन–से–फोक्सुन्डो पदमार्ग, जलजला, रक गार्डेन, ओखरकोठ डाँडा, झिमरुक, बगरबाबा धार्मिकस्थल, कम्मर शाह मजार क्षेत्र, ओमकेदारेश्वर धाम स्थल, शिवमन्दिर पर्यटकीयस्थल, जोगी गाउँ ।

कर्णाली प्रदेश
कुभिन्डे दह, त्रिपुरासुन्दरी धार्मिक क्षेत्र, डुडुल चैत्य, लिमी उपत्यका, रारा–से फोक्सुन्डो टे«किङ, पाचाल झरना, खलङ्गा दरबार क्षेत्र, कोतगढी–महावु पर्यटकीय, जाजुरा दह पञ्चपुरी, गिद्धेडाँडा पर्यटकीय क्षेत्र, बोतामकोट, चित्री पदमार्ग ।

सुदुरपश्चिम
कोल्टी–बडीमालिका पदमार्ग, गोरखानाथ मन्दिर पैदलमार्ग, बडीकेदार धार्मिक क्षेत्र, सूर्यकोट मस्तादेवी क्षेत्र, मालिकार्जुन, सिद्धनाथ उदयदेव धार्मिकस्थल, अमरगढी–उग्रतारा, रौटेला धार्मिक क्षेत्र, बन्दा ताल क्षेत्र, बर्दगोरिया मन्दिरधाम ।साभार गोर्खापत्र बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *