अमिलो डकारबाट मुक्त हुने ४ घरेेलु तरिका जानीराखौं
December 15, 2017
रामायणमा भगवान रामले किन आफ्ना दुई जुम्ल्याहा सन्तान लव-कुश माथी धनुष उठाउन खोजे ?
December 15, 2017

प्रदेश ३ को मुख्यमन्त्री मै हुँ, कांग्रेसका बेरोजगारलाई घर-घरमा गएर जागिर दिन्छु: केशव स्थापित

काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता केशव स्थापित केहिदिन अघि सम्पन्न निर्वाचनमा प्रदेशसभामा नेपाली कांग्रेसका नेता न्हूच्छेमान मानन्धरलाई पराजित गर्दै निर्वाचित भएका छन्।

स्थापित काठमाडौं महानगरपालिकाको मेयर हुदाँ काठमाडौंका मुख्य चोकहरुमा बनेका अव्यबस्थित घरहरु भत्काएर सडक विस्तार गरेर चर्चामा आएका थिए।

स्थापित बेलाबखत आफ्ना विवादास्पद भनाईलाई लिएर आलोचित हुने गरेका छन् भने कहिलेकाहि आफ्नै कुराले हाँसोको पात्र समेत बन्छन्।

स्थानिय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरपालिकाको मेयरको टिकटको आकांक्षी थिए,तर स्थापितको सट्टामा विधासुन्दर शाक्यले टिकट पाए र उनी महानगरपालिकाको मेयरमा निर्वाचित पनि भए।

प्रदेशसभामा निर्वाचित भएपछि एपिवन टेलिभिजनको कार्यक्रम निर्वाचन विशेषमा बोल्दै स्थापितले भने-प्रदेश नम्बर ३ को मुख्यमन्त्री भएमा आफूले नेपाली कांग्रेसका बेरोजगार कार्यकर्ताको घर-घरमा गएर बेरोजगारलाई जागिर दिने बताए।

स्थापितले भने – ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा मेरो पनि दावी छ। हजार सपना मसँग छन्,मलाई त्यो वरदान छ। मेरो विकाशका सपना पुरा गर्न काठमाडौं महानगरका मेयर सँग मिलेर काम गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *