‘जेलबाट दर्जनौं कैदी फरार’
September 16, 2018
नेपाल २५ रनले विजयी
September 16, 2018

फिलिपिन्स आँधी – मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

मनिला, फिलिपिन्स, भदौ ३१ गते । फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ ।

आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ ।

प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार एक विज्ञप्ति जारी गरी मृतक सङ्ख्या ४९ पुगेको बताउनुभएको छ । यस पहिले आइतबार नै प्रहरीले दिएको जानकारीमा फिलिपिन्समा म्याङ्कुट नामक आँधीका कारण ज्यान गुमाएका नागरिकको सङ्ख्या ३० पुगेको बताइएको थियो ।

फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन टापूमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । अरु केहीको पनि मृत्यु भएको अपुष्ट खबर प्राप्त भएपनि यसबारे बिस्तृत विवरण प्राप्त भैनसकेको उहाँले बताउनुभयो ।

घर भत्किएर बागुओ सहरका एउटै परिवारका छ जनाको मृत्यु भएको बताइएको छ ।

आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु ढालेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको बताइएको छ । लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ ।

आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।

आँधीको प्रभाव फिलिपिन्सबाट क्रमशः हङकङ र पूर्वी चीनमा देखिन थालेको छ । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *