पर्यटकीय गन्तव्यमा चर्पी र पार्किङकै समस्या
December 18, 2018
छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड
December 29, 2018

बाघको आक्रमणबाट युवती घाइते

कञ्चनपुर, पुस ११ गते । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते हुनुभएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताउनुभयो ।

उहाँका अनुसार खर काटिरहेको बेला एक्कासि आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उहाँलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *