लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन ः अर्थमन्त्री डा खतिवडा
December 11, 2018
प्रेमिका र छोरी लिएर नेपालबाट फर्किए शंकास्पद जर्मन
December 11, 2018

बाघको छालासहित तीन पक्राउ

काठमाडौँ, मङ्सिर २५ गते । केन्द्रीय अनुसन्धान ब्यूरो९सीआइबी०ले बाघको छालासहित तीन जनालाई आज पक्राउ गरेको छ ।

अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा ब्युरोको टोलीले काठमाडाँै बुढानिलकण्ठ नगरपालिका–१२ तेन्जिङ चोकबाट अवैध रुपमा संरक्षित वन्यजन्तु बाघको छालासहित दोलखा शैलुङ गाउँपालिका–४ का मानबहादुर तामाङ, गोरखा वारपाक सुलीकोट गाउँपालिका–३ की लोकमाया गुरुङ र सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का अमर सिंहलाई पक्राउ गरेको ब्युरोले जनाएको छ ।

पक्राउ परेको तीनैजनालाई कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडाँैमा बुझाइएको छ । पक्राउ परेका विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्धको अपराधअनुसार कारवाही चलाइने प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *