दोहोरो अंकले घट्यो शेयर
December 18, 2018
पर्यटकीय गन्तव्यमा चर्पी र पार्किङकै समस्या
December 18, 2018

बालिका १२ दिनदेखि बेपत्ता

इलाम, पुस ३ गते । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् ।

सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिनुभयो । बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा बेलुका नखोजिएको तर दुई दिनसम्म नफर्केपछि खोजी कार्य शुरू गरिएको गुरुङले बताउनुभयो ।

बलिकाका परिवार, आफन्त र प्रहरीले समेत बालिकाको खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हबल्दार विजय राईले जानकरी दिनुभयो । बालिका गाउँकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *