अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छःप्रम
September 17, 2018
कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड
September 17, 2018

बुद्धिचाल प्रतियोगिता

भक्तपुर, असोज १ गते । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक एवं भक्तपुर चेस क्लबका अध्यक्ष राजकुमार लघुले कमलविनायकस्थित बक्सिङ हलमा मङ्गलबार र बुधबार प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । उक्त प्रतियोगितामा १४ जिल्लाका ६८ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोेलाई रु १० हजार, तेस्रोलाई रु छ हजार, चौथोलाई रु चार हजार तथा पाँचौँ हुनेलाई रु दुई हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने सङ्घका अध्यक्ष मीनबहादुर बाटाले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *