नवलपरासी बस दुर्घटनामा एघार घाइते
November 4, 2018
कुकुर तिहार आज
November 5, 2018

बुधनगरसम्म आयो रेल

विराटनगर, कात्तिक १९ गते । भारतको बथनाहदेखि विराटनगर १८ स्थित बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको सफल परीक्षण आइतबार गरिएको छ । बथनाहा–कटहरी १८ किलोमिटर दूरीमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कस्टर्म यार्डसम्मको ट्रयाकको परीक्षण गरिएको हो ।
एक महिना मङ्सिर २६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगरसहित बथनाहा–कटहरीसम्मको रेलमार्गलाई एकैपटक शुभारम्भ गर्ने भनिएसँगै ट्रयाक परीक्षण गरिएको थियो । परीक्षणसँगै बथनाहा–बुधनगरको ८ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भइसकेको जोगबनी–विराटनगर रेलमार्ग परियोजना इर्कनका एजीएम अश्विनीकुमारले बताउनुभयो ।
नेपालतर्फ ३ किलोमिटर र भारततर्फको ५ किलोमिटर दूरीमा परीक्षण सफल भएको छ । बुधनगरमा बन्दै गरेको एकीकृत भन्सार जाँचचौकीसँगै जोडिएको नेपाल कष्टम यार्डसम्म १३१०२ डब्लुडीजी ३ ए को इन्जिन रोलिङ नेपाली र भारतीय झण्डा राखेर झण्डै एक घण्टामा आइपुगेको हो । नियमित रेल सञ्चालनमा यो दूरी जम्मा १५ मिटरमा पार गरिसक्ने छ । रेलमार्ग परियोजना इर्कनले गरेको परीक्षणमा नेपाल र भारतका सरकारी अधिकारीहरूको उपस्थिति भने थिएन । ट्रायल परीक्षणमा आएको रोलिङ इन्जिनमा भारतीय सञ्चारकर्मी तथा रेलमार्ग परियोजना अन्तर्गतका निर्माण कम्पनीका पदाधिकारीहरूको उपस्थिति थियो । विराटनगर १८ का वडाध्यक्ष सञ्जयकुमार साहले आफ्नै वडामा रेल आउँदा स्थानीयसहित नेपाली झण्डाले स्वागत गर्नुभएको थियो ।साभार गोर्खापत्र बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *