लमजुङका किसानहरुलाई उत्पादित अलैँचीको गुणस्तर निर्धारण गर्न भ्याईनभ्याई
December 20, 2017
२३ वर्षपछि तीन दिनका लागि सलमान खान नेपाल आउँदैं
December 20, 2017

भीड नियन्त्रणका लागि रबरको गोली प्रयोग गर्न नुहने निचोड

एजेन्सी। घातक परिणाम निम्त्याउन सक्ने भन्दै अन्तर्राष्ट्रिय अध्ययनले भीड नियन्त्रणका लागि रबरको गोलीको प्रयोग गर्न नुहने निचोड निकालेको हो।

अनुसन्धानकर्ताहरुले यसबारे तत्कालै अन्तराष्ट्रिय तहको मापदण्ड ल्याउन सुझाव दिएका हुन्। अनुसन्धानले तीन दशकसम्म विभिन्न देशहरुमा भएका घटनाका प्रमाणसहित अध्ययन गरेका ‘ब्रिटिस मेडिकल जर्नल’मा छापिएको छ।

रबर वा प्लास्टिकको गोलीबाट चोट लागेका तीन प्रतिशत व्यक्तिहरुले ज्यान गुमाएको फेला परेको छ। थप १५ प्रतिशत व्यक्तिहरु स्थायी रुपमा अशक्त बनेका थिए।

भीड नियन्त्रणका अरु विधि जस्तै अश्रु ग्यास, पानीको फोहराको प्रयोग लगायतले पनि गम्भीर चोट पटक लगाउन सक्ने भन्दै अनुसन्धानकर्ताहरुले अन्तर्राष्ट्रिय मापदण्ड तय गरिनुपर्ने निष्कर्ष निकालेको हो। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *