चौध जुवाडे पक्राउ
November 5, 2018
आज लक्ष्मीपूजा
November 6, 2018

राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौंँ, कात्तिक २० गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति १० बजेसम्मलाई मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयममा देउसीभैलो खेलेमा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो ।साभार गोर्खापत्र बाट ।
देउसीभैलो खेल्ने बाहनामा राति उच्छृड्खल तथा आपराधिक गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणको शान्तिसुरक्षाका लागि देउसीभैलो खेल्नलाई समयावधि निर्धारण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले राति अवेरसम्म देउसीभैलो खेल्दा झैझगडा, कुटपिट, हुलदङ्गा हुनसक्ने भएकाले शान्तिसुरक्षा कायम राख्नका साथै अपराध नियन्त्रण गर्न राति १० बजेसम्मको समयअवधि उचित भएको भनाइ प्रहरीको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले पनि तिहार जस्तो महत्वपूर्ण चाडपर्वलाई आपसी घरपरिवारसँंग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *