दोहोरो र नक्कली नागरिकता
November 29, 2018
काठमाडौँबाट पनि जन्ती जाने
November 29, 2018

राष्ट्रपति भोलि पोल्यान्ड जानुहुँदै

काठमाडौंँ, मङ्सिर १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याम्डमा हुने जलवायु परिवर्तनसम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन (कोप–२४) मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार (मङ्सिर १५ गते) त्यसतर्फ जानु हुने भएको छ ।
भ्रमणका अवसरमा आइतबार राष्ट्रपति भण्डारीले पोल्यान्डमा रहेका नेपाली समुदायलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले कोप–२४ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुका साथै सोमबार उच्चस्तरीय प्रतिनिधि सहभागी सत्रलाई सम्बोधन गर्नुहुनेछ ।
सोमबार बिहान राष्ट्र सङ्घीय महासभाका अध्यक्ष मारिया फारनन्दा स्पिनोसाले राष्ट्रपति भण्डारीसँग भेट गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन साँझ कोपको सम्मेलनमा सहभागी हुन आउनुभएका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको सम्मानमा पोल्यान्डका राष्ट्रपतिले आयोजना गर्नुहुने रात्री भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनु हुनेछ । त्यस्तै, मङ्गलबार राष्ट्रपति भण्डारीले पोल्यान्डका राष्ट्रपति अन्डार्जी सेवास्टिना डुडासँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीका साथ वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्यहरू पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतमका साथै राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता रहनेछ । राष्ट्रपति भण्डारी मङ्सिर १९ गते स्वदेश फर्कनु हुनेछ । साभार गोर्खापत्र बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *