उपराष्ट्रपति पुनसँग चिनियाँ राजदूत होङको बिदाइ भेट
December 5, 2018
न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प
December 5, 2018

लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

त्रिपोली, मङ्सिर १९ गते । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ ।

गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले बिहीबार जानकारी दिएको छ ।

एउटा रबर–निर्मित डुङ्गामा गैरकानुनी रुपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको लेबनान रेड क्रिसेन्टका प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

हजारांै आप्रवासीहरु गैरकानुनी रुपमा भूमध्यसागर हँुदै लिबियाबाट युरोेप पुग्ने गरेका छन् । (रासस /सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *