पूर्वकुमारीको स्कुलमा पहिलो दिन
October 10, 2017
सामूहिक फोटो-सेसनपछि संसदको अन्तिम बैठक बस्दै, आज राति १२ बजेपछि संसद अन्त्य हुने
October 14, 2017

वन पैदावार महासंघमा नयाँ नेतृत्व

आश्विन २७, २०७४-नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) को अध्यक्षमा श्याम ढकाल चयन भएका छन् । काठमाडौंमा बिहीवार सकिएको महासंघको नवौं महाधिवेशनबाट ढकाल तीन वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत कपिलप्रसाद अधिकारीले बताए ।

महाधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा जगत महर्जन, प्रथम उपाध्यक्षमा भूपेन्द्र चौलागाईँ, द्वितिय उपाध्यक्षमा राजेन्द्र प्रजापती, त्रितिय उपाध्यक्षमा दिनेश रेग्मी, महासचिवमा अनिल रञ्जित, कोषाध्यक्षमा टंक पाठक, उपमहासचिवमा रमेश कायस्थ र सहकोषाध्यक्षमा कलिभान खत्री चयन गरेको छ । उपत्यकासहित सात वटा प्रदेशमा एक/एक जना संयोजकसमेत चयन भएका छन् । १ नम्बर प्रदेशमा रामप्रसाद लामा, २ मा रामकैलाश साह, ३ मा प्रकाश रायमाझी, ४ मा प्रेमलाल श्रेष्ठ, ५ मा दिनेश गिरी, ६ मा हरी थापा, ७ मा प्रकाश भट्ट र उपत्यका विशेषको संयोजकमा राजकुमार मल्ल चयन भएको अधिकारीले कान्तिपुरलाई बताए ।

उपत्यकासहित प्रदेशका संयोजकलाई तीन महिनाभित्र साधारणसभा गरी प्रदेश समिति बनाउने जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *