गर्भवतीको हेलिकप्टरमा उद्धार
December 10, 2018
लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन ः अर्थमन्त्री डा खतिवडा
December 11, 2018

वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष दाहाल

पोखरा, मङ्सिर २५ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले वर्तमान सरकारको विकल्प नरहेको बताउनुभएको छ ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको बताउनुभयो । पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उहाँल जानकारी गराउनुभयो ।
सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उहाँले उल्लेख गर्नुभयो । मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उहाँले आपसी सम्बन्ध अभैm प्रगाढ बन्दै गएको बताउनुभयो ।
दुई पार्टीबीचको एकिकरण प्रकृया तल्लो तहसम्म नै बढी रहेको जानकारी दिँदै पुर्वप्रधानमन्त्री प्रचण्डले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृ सङ्गठनको नेतृत्व चयन गरिने बताउनुभयो । सिक्लेसबाटै शान्ति प्रकृयाको शुरुआत भएको स्मरण गर्दै उहाँले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *