ग्राहक नै छिर्दैनन् सहुलियत दरका पसलमा
November 6, 2018
आजबाट नेपाल संवत् ११३९, आत्म पूजा गर्दै नेवार समुदाय
November 7, 2018

वैदेशिक रोजगारी बारे वेबसाइट बनाइने

काठमाडौँ, कात्तिक २१ गते । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले विदेशमा गर्नुपर्ने काम, त्यहाँ काम गरेवापत पाउने तलव सुविधालगायतका विषयमा जानकारी दिने गरी नयाँ वेबसाइट निर्माण गर्ने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बोर्डले सुरु गर्न लागेको नयाँ वेबसाइटमार्फत श्रमिकले आफ्नो चाहना, रोजाइ तथा क्षमताअनुसारको काम खोज्न सक्ने र यसबाट दलालबाट ठगिने सम्भावना कम हुने बताउनुभयो ।
उहाँले वेबसाइटमार्फत आफ्नो प्रदेश वा जिल्लामा भएका वैदेशिक रोजगार व्यवसायी कम्पनी, अभिमुखीकरण तालिम केन्द्र, स्वास्थ्य परीक्षण गर्ने संस्था लगायतका बारेमा पनि जानकारी पाइने बताउनुभयो । नयाँ वेबसाइटमा वैदेशिक रोजगार विभागले प्रमाणीकरण गरेको माग मात्रै राखिने भएकाले घरमै बसेर श्रमिकले आफ्नो सीप, दक्षता र अनुभवअनुरूपको काम खोज्न सकिने जानकारी इन्जिनियर श्रेष्ठले दिनुभयो ।साभार गोर्खापत्र बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *