कर्मचारीले दिए आन्दोलन गर्ने धम्की
November 9, 2017
योगी बलभद्रनाथको हेर्नै पर्ने नेपाल बारे बिचार
November 10, 2017

सनातन धर्म र यस् भित्रको अन्तरंग अर्थतन्त्र

सनातन धर्म को इतिहास अक्षर र अंक भन्दा धेरै पुरानो र ध्यानको गतिमामात्र सर्व मान्न्य छ। हिन्दू, बौद्ध जैन, बोन, किरात, सिख सबै सनातन धर्मरुपी बिशाल ब्रिक्ष्यका मिठा फलहरु हुन्। सनातन धर्मका सबै ग्रन्थहरुलाई समेट्ने हो भने ब्रह्मन्डको जुन सुकै, ज्ञान, बिज्ञान र बुद्धीका श्रोतको खोजी गर्न अनाबश्यक समय खर्च गरिरहनु पर्दैन। जसरी मानव शरीर पञ्च तत्वोले निर्मित छ र हामी आफुलाई जिवित र सचेत सम्झन्छौ तेसै गरी हाम्री जननी पृथ्वी पनि तिनै तत्वोहरु कि सङग्रह हुन र हामी जत्तिकै सचेत, जिवित र ज्ञानी छिन्। हाम्रो शरीरमा ७ चक्र भये जस्तै पृथ्वीका पनि ७ चक्र हरु छन् र उन्को सबै भन्दा महत्वपूर्ण चक्र सहश्रार क्कैलाश हो। समस्त हिम्वत खन्ड (नेपाल, तिब्बत, उत्तरि भारत ) ज्ञान तथा सृस्‍टिको उद्गम स्थल हो। लिखित हिसाब मात्र हेर्ने हो भने पनि १९६०८५३११८ बर्ष उल्लेख गरिएको पाईन्छ।
बिज्ञानको साना आँखाले जती हजार बर्ष खोजी गरे पनि,र संसार भरी जती मानव कन्काल फेला पारे पनि ज्ञानको दृष्‍टिबाट मानवको सृस्‍टि हिमवत खन्डमा नै भएको पुस्टि गर्छ। सृस्‍टिको सुरुमा सबै भन्दा पहिला पृथ्वीको हिमवत खन्डनै चिसो भएको हो। कैलाशबाट चिसो हुँदै बिस्तारै पृथ्वी सर्वर्त्र चिसो हुँदै गएको पुराण्हरुमा स्पस्टरुप्मा पढ्न पाईन्छ। जसरी नदी हिमालय बाट दक्षिण तिर समुद्रमा मिल्न बहन्छिन, मानव सभ्यताको सुरु पनि हिमवत् खन्ड हुँदै संसार भरी फैलिएको हो। अफ्रिकामा पहिलो मानव जन्मियो भन्नु, आगोमा सृस्‍टि भयो भन्नु जस्तै हो। अहिले त अफ्रिका तेती तातो छ भने, कल्पना गर्न सकिन्छ सुरुमा कस्तो थियो।
यही सनातन धर्मको मुलथलो हो, हालको नेपाल! सप्त ॠषि मद्धे ६ जना ॠषिको ध्यान र धर्म थलो, भगवान बुद्द को जन्म थलो, ॠषि पानिनी देखी, परासर सम्मको मुलथलो हामीलाई चिनाउन, कुनै बिदेशी बाद्, बिदेशी भाषा , बिदेशी सन्स्क्रिती र सम्प्रदायको सहायता जरूरत छैन। १९४७ सम्म त ईन्डिया भन्ने देश नै बिश्वो मान्चित्रमा थिएन। अहिले को भारत भनेको एस्को राजनैतीक ईतिहासको सबै भन्दा ठुलो भुभाग हो। भारत १९४७ भन्दा पहिले १००० वटा भन्दा बढी राज्यको सङ्रह थियो। बिष्णु पुरान लाई मात्र आधार मान्ने हो भने पनि नेपालको ईतिहास ४००० बर्ष पुरानो छ।
अब कुरो आयो, हाम्रो अर्थ तन्त्र कसरी चलेको थियो त ? के हाम्रो कुनै अर्थ ब्यबस्था नै थिएन त? जरूर थियो। हाम्रो वेदिक अर्थब्यबस्था भनेको आवश्यकतामा आधारित् अर्थ ब्यबस्था हो। आवश्यकता अनुसार मानिसहरु काम गर्दथे, आवश्यकता अनुसार राज्यले कर असुल गर्थ्यो! अहिले को पुजिबादि, समाजबादी, मिश्रित सबै लोभमा आधारित् (ग्रिद बेसड ) हुन भने हाम्रो चाही (निड बेस्ड )आवश्यकतामा अाधरित थियो। अहिले को अर्थ ब्यबस्थाले मानिसलाइ नमरुन्जेल सम्म भोग र लोभको भुमारिमा पिसाइ रहन्छ र मृत्‍युको समयमा उ निरिह र कङाल ठहरिन्छ।

1 Comment

  1. Naba Raj Adhikari says:

    Raamro lekha rahechha. Arupani lekhdai jaanu hos.

Leave a Reply

Your email address will not be published. Required fields are marked *